ट्रकको ठक्करबाट प्रहरी जवान महेन्द्र विकको मृत्यु

बाँके : ट्रकको ठक्करबाट ज्यान गुमाएका प्रहरी जवान एसईईको पूरक परिक्षा दिन कार्यालयबाट बिदा लिएर आएको खुलेको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान महेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको हो ।

यही वैशाखमा वैवाहिक बन्धनमा बाँधिएका विकले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनी एसईई दिएर गर्भवती बहिनीलाई भेट्न आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

Dengue

शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा। प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत विक सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन् । उक्त दुर्घटनामा उनकै नाताले दाई पर्ने हेमबहादुर विक गम्भीर घाइते भएका छन् । उनको आईसीयूमा गम्भीर अस्पतालमा उपचार भईरहेको जनाइएको छ । मृतक विक घरका एकमात्र छोरा रहेको पनि खुलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार