मोटरसाईकल दुर्घटना परि गम्भीर घाईते भएका एक युवकलाई सहयोग गर्दै : मन्त्री सुरेन्द्र बहादुर पाल

धनगढी : सुदूरपश्चिमका मनकारी मन्त्री सुरेन्द्र बहादुर पालले मोटरसाईकल दुर्घटना परि गम्भीर घाईते भएका एक युवकलाई सहयोग गरेका छन्।

आइतबार सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री पालले बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर २ स्थायी घर भएर कैलालीको गेटा बस्दै आएका घाइते राजेन्द्र बोहरालाई सहयोग गरेका हुन्।

Dengue

उनको उपचारका लागि पालले नगद २ लाख सहयोग गरेको जानकारी दिए। बोहराको ज्यान जोगाउने उदेश्यले आफूले सहयोग गरेको बताएका मन्त्री पालले अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। आर्थिक अवस्था कमजोर भएका बोहराले यस अगाडि ऋण सापटी गरी १६ लाखबढी उपचारमा खर्च गरिसकेको जनाएका छन्।

बोहरा २०८१ सालको जेठ १३ गते बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ३ मा मोटरसाईकल दुर्घटनामा परेका थिए। मदिरा सेवन गरि मोटरसाईकल चलाईरहेका शैल्यशिखर नगरपालिका दार्चलाका दमन खडायतको मोटरसाईकलमा पछाडि बसेका उनी दुर्घटनामा घाईते भएका थिए।

दुर्घटनामा परेर ढाडमा ठूलो चोट लागेका उनले धनगढीको निसर्ग अस्पताल, सेती अस्पताल लगायतले पैसामात्र पचाएर उपचार गर्न नसकेको परिवारको गुनासो छ।

अहिले पनि घाइते बोहरा अचेत अवस्थामा छन्। जबकी उनले भारतको बरेलीमा रहेको भोजीपुरा मेडिकल कलेज पनि उपचार गराएका थिए।

उपचारकै क्रममा बोहराको आर्थिक अवस्था कमजोर भएपछि उपचार ठप्प बनेको थियो। त्यसपछि मन्त्री पालले सहयोग गरेका हुन्। घाईते बोहराका बुवा नन्दे बोहराका अनुसार उपचारमा दुर्घटना गराउने खडायतले थोरै रकम दिएपछि सम्पर्कविहीन बनेका छन्।

उनलाई कानुनी कारबाहीको माग पनि गरिएको छ। घाइते बोहराको भने अब काठमाडौंमा उपचार गराउने तयारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार