के.एम.सी कलेजमा अफवाह फैलाउने विद्यार्थीलाई कारवाही गरिने

दशरथ भट्ट

कैलाली बहुमुखी क्याम्पसमा भर्नाको समयमा स्ववियु कार्यालयमा ताला लगाउने विधार्थीहरुलाई क्याम्पस प्रशासनले कारवाहीको लागी चेतावनी दिएकोे छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कैलाली बहुमुखी क्याम्पसमा केही दुषित मानसिकता भएका व्यक्तिहरूले बिना कुनै जानकारी, बिना कुनै तथ्य र प्रमाण ताला लगाई विद्यार्थी भर्नाको बेलामा स्ववियु र समग्र क्याम्पसको बदनाम हुने गरी मीडियाबाजी गर्ने र अफवाह फैलाउने काम गरेकाले ती व्यक्तिहरूलाई क्याम्पस को कुनैपनि गतिविधिमा सहभागी नगराउने गरी कारवाही गरीदीनहुन भनी स्ववियुले ६ जनाको नाम सहीत क्याम्पस प्रमुखलाई पत्र लेखेको थियो।

Seti Hospital

क्याम्पस प्रमुखले पत्रको जवाफ दिंदै ध्रुव राज न्यौपाने,बिष्णु कुमार साउंद,दीपक रोस्यारा,खेम राज भट्टराई,तेज मल्ल, मिलन शाहीलाई छलफलका लागि बोलाउँदा नआएकाले निज विधार्थीहरुलाई स्ववियुलाई लगाएको आरोपकोे प्रमाण सहीत उपस्थित हुन र यदि प्रमाण नभेटिएको खण्डमा अभिवावक संग सम्पर्क गरेकाे कारवाही गर्ने सूचना जारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार