दुर्घटनामा परी अचेत अवस्थामा रहेका बोहरा परिवारलाई भौतिक पुर्वाधार मन्त्री पालद्वारा आर्थिक सहयोग

दशरथ भट्ट

मोटरसाइकल दुर्घटना परि गम्भिर घाईते भएका बैतडीको डिलासैनी गाँउपालिका २ का राजेन्द्र बोहराको परिवारलाई सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले २ लाख आर्थिक सहयोग गरेका छन ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा बस्ने बोहरा गत जेठ १३ गते बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ३ मा मोटरसाईकल दुर्घटनामा परी ढाडमा चोट लागेर अचेत अवस्थामा छन् । हालसम्म उपचारमै करिब १५ लाख रुपयाँ खर्च गरिसकेको बोहरा परिवारलाई थप उपचारका लागी कठिनाई भएपछि घाईते बोहराको घरमै गएर मन्त्री पालले घाईते बोहराका बुवा नन्दे बोहरालाई २ लाख नगद हस्तान्तरण गरेका हुन्।

Dengue

बोहराको आर्थिक अवस्था कमजोर रहेकाले आफुले सहयोग गरेको मन्त्री पालले बताए । “मेरे पालिकाको भाई हुन, धेरै रकम खर्च गरिसकेका रहेछन, आर्थिक अवस्था कमजोर थियो, त्यसैले आफ्नो व्यक्तिगत रकम सहयोग गरेको हुँ ,अँझै उनि अचेत छन्, उपचार गराउन सके उनि निको हुने सम्भावना छ, त्यस कारण मैले सकिने केही सहयोग गरेको छु र अन्य सबैलाइपनि उनको ज्यान बचाउन सहयोगका लागी अपिल गर्दछु ” बोहराको घर पुुगेका पालले भने ।

दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर १ बलाँच बस्ने दमन सिहं खडायतले चलाएको सु.प.प्र ०१-००प१२९४ नम्बरको मोटरसाइकल पछाडी बसेका बोहराको बैतडीको डिलासैनी गाउँपालिका ३ रुइतेन भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी रिपोर्टमा उल्लेख छ । दुर्घटनापछि मोटरसाइकल चालकलाई सम्पर्कमा ल्याएर उपचारको जिम्मा लिने वडा अध्यक्ष भरत खडायतले कागज बनाएका छन् । तर हालसम्म सम्पर्कमा आउन छोडेर उल्टै मोटरसाइकल चालकबाट धम्की आउने गरेको पिडित परिवारको आरोप छ । मोटरसाइकल चालक दमन खडायतले सुनियोजित ढगंले बोहरालाई मोटरसाइकलबाट फालेर मार्ने योजना बनाएको आफन्तले बताएका छन् । बोहरालाई बचाउन उपचारका लागी सहयाेग गर्न परिवारले सबैलाई अनुरोध गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार