धनगढीमा दुई प्रदेश प्रमुखको भेटवार्ता, समन्वय र सहकार्यका बिषयमा छलफल

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो ।

धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् । प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए ।

Dengue

भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताएका थिए । दुबै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।
अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि छलफल गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार