ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई सहज

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ।

बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने झन्झट हट्दै गएको छ। नगरपालिकाले गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ।

Dengue

२०७७ देखि पिपलाडी, झलारी र पीताम्बर गरी तीन स्वास्थ्य चौकीहरुबाट अल्ट्रासाउन्ड सेवा प्रदान गरिँदै आएकोमा हाल सेवा विस्तार गरी आठ स्वास्थ्य संस्थामा पुर्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले  बताए। उनका अनुसार सेवा सञ्चालनका लागि तीन नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिमसँगै पुनः ताजगी तालिम दिई दक्ष बनाइएको छ। प्रत्येक महिनाको १२ देखि १९ गतेसम्म स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार