विरेन्द्र खत्री बचाउ अभियान, भट्टराईले गरे १० हजार १११ रुपैया आर्थिक सहयोग

धनगढी : कैलालीको गोदावरी नगरपालिका– ३ का विरेन्द्र खत्री बचाउ अभियानमा आर्थिक सहयोग गरिएको छ । नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले खत्रीको बचाउ अभियानमा १० हजार १११ रुपैया आर्थिक सहयोग गरेका हुन ।

विगत १ वर्षदेखी जिब्रोको क्यान्सरबाट पिडित खत्रीको उपचारमा आर्थिक समस्या हुन थालेपछि बचाउ अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा भट्टराईले आर्थिक सहयोग गरेका हुन ।

Dengue

आर्थिक सहयोग गर्दै तरुण दलका नगर सभापति भट्टराईले आर्थिक अभाव भएर कुनै व्यक्तिले अकालमै ज्यान गुमाउनु दुखद भएको बताए । उनले यस्ता व्यक्तिहरुको उपचारका लागि आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

खत्रीको हाल चितवनस्थीत भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर भएका खत्रीको उपचारका लागि आर्थिक संकलन हुने क्रम चलिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार