सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आजबाट सुरु हुँदै !

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आजबाट सुरु हुँदैछ । यस अधिवेशनमा मुख्यमन्त्री कमल शाहले विश्वासकाे मत लिने र त्यसपछि चालु आर्थिक वर्षकालागि बजेट ल्याउने बताइएकाे छ ।

यसअघि बुधवार चालु विशेष अधिबेशन अन्त्य गरेर दाेस्राे दिन प्रदेश प्रमुख नजिर मियाँले आइतबार दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेश सरकारकाे भनाई छ।

SHIKHAR COOL TECH

सरकारले तीन दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइ लागुभैसकेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो अधिवेशनमा पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै बजेट बनाइने तयारी गरिरहेको उनकाे सचिवालयले जानकारी दिएकाे छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार