बैतडीमा कार दुर्घटना हुदा २ जना घाइते

बैतडी : बैतडीमा कार दुर्घटना हुदा २ जना घाइते भएका छन् । सतबाँज–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार ३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे अल्टो दुर्घटना भएको हो ।  

दुर्घटनामा परि कारमा सवार दार्चुलाको शैल्यसिखर नगरपालिका घर भएका अन्दाजि २८ बर्षिय शेर बहादुर बोहरा र चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये दार्चुलाको शैल्यसिखर घर भएका बोहराको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर रहेको खोच्लेक प्रहरी बैतडीले जनाएको छ । 

Dengue

घाइते दुबैको अवस्था गम्भीर रहेकोले रातिनै जिल्ला अस्पताल बैतडीबाट रेफर गरि डडेल्धुरा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार राति सवा दुई बजेको समयमा कार अनियन्त्रीत भई दुर्घटना भएको हो । 

धनगढीबाट दार्चुलातर्फ जादै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको उक्त कार अनियन्त्रीत भइ बैतडीको दागडाकेदार ३ श्रीकोट नजिकै राति करिब सवा दुई बजे तिर दुर्घटनामा परेको प्रहरी प्रवक्ता प्रहरी  केसीले बताए । दुर्घटनाग्रस्त कार सडकदेखी करीब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार