बैतडीका तीन हजार ४७० वटा नयाँ घरधुरीमा बिजुली जडान

बैतडी : नेपाल विद्युत् वितरण केन्द्रले अँध्यारोमा बसेका बैतडीका तीन हजार ४७० वटा नयाँ घरधुरीमा बिजुली जडान गरेको छ ।  जिल्लामा अब बत्ती बाल्ने कुल घरधुरीको सङ्ख्या २४ हजार ५६५ पुगेको छ ।

करिब २३ हजार घरधुरीमा बत्ती बाल्न बाँकी छ । वितरण केन्द्रले आव २०८१/८२ मा जिल्लाका पञ्चेश्वर गाउँपालिका, शिवनाथ, डिलासैनी, दोगडाकेदार सुर्नया र सिगास गाउँपालिका–१ गरेर तीन हजार ४७० घरधुरीमा विद्युत् जडान गरेपछि बिजुली बाल्ने घरधुरीको सङ्ख्या १४ हजार नाघेको हो ।

Dengue

छ वटा गाउँपालिका र चार वटा नगरपालिकामा ४९ हजार ४२८ घरधुरी रहेका छन् । २४ हजार ४३५ घरधुरीमा अझै बिजुली पुगेको छैन । बाँकी घरधुरीमा विद्युतीकरण गर्न  सिगासको वृन्दावन, दोगडाकेदारको सिल्लेगाडामा ३३ केभी सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार