ग्लोबल टी–२० : रोहित सम्मिलित टोरन्टो नेसनल फाइनलमा

काठमाडौं : नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल टी–२० क्यानाडाको फाइनलमा स्थान पक्का गरेको छ।

टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। यद्यपि, यो खेलमा रोहित भने प्लेइङ-११ मा पर्न सकेनन्। ब्राम्पटनले दिएको १४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पुरा गरेको थियो।

Dengue

आज आइतबार हुने फाइनलमा टोरन्टो र मन्ट्रियल टाइगर्सबीच भिडन्त हुनेछ। टोरन्टो र टाइगर्स नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार