कैलाली र कञ्चनपुरमा अजिंगरको संख्यामा वृद्धि

धनगढी : वर्सादको समय सुरु भएसँगै कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा अजिंगर देखिन थालेको छ। हिजो (शनिबार) मात्र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ।

स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो। ८ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडासदस्य डबलबहादुर ऐरले बताए। निकुन्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुन्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्।

SHIKHAR COOL TECH

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय हरिदत्त भट्टले बताए। उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुन्जका कर्मचारीलाई बुझाइएको थियो। गत वर्ष पनि शुक्लाफाँटा नगरपालिका–८ मा लोपोन्मुख प्रजाति अजिंगर फेला परेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार