बैतडी समाज कैलालीले आयोजना गरेको १३ औँ रक्तदान महोत्सवमा ७७ जनाले गरे रगत दान

धनगढी :   “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा बैतडी समाज कैलालीले आयोजना गरेको १३ औँ रक्तदान महोत्सव उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा सम्पन्न भएको छ।


उक्त रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका र त्यस मध्ये पनि ३० जनाले पहिलो पटक गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए ।

बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए ।

रक्तदान महोत्सव गर्नु भन्दा अगाडि विभिन्न कलेजहरु साथै विभिन्न ब्यक्ति विशेष, संघ संस्थाहरु लगायतका ठाउँठाउँमा भेला र भेटघाट कार्यक्रम मार्फत समाजले “रक्तदान सचेतना“ कार्यक्रमहरु पनि सम्पन्न गरेको थियो ।

यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना बिद्यालयका थुप्रै बिद्यार्थी हरु सहित ३० जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीर बहादुर महराले बताउनु भयो ।

पहिलोपटक रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरुलाई स्थानीय विभिन्न समाजसेवी ब्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरुले आफ्नो सेवा सुबिधामा पुर्ण निःशुल्क र केहिमा विशेष छुट पाउने गरि रक्तदाताको सम्मान मा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रम का सह–संयोजक लोकेश भट्ट ले बताए।

रक्तदान महोत्सव बिहान ८ः०० बजे देखि शुरु भएर करिब १ बजे सम्म सञ्चालन भएको हो । समाजले रक्तदान महोत्सवमा सहभागि भएका सम्पुर्णको लागि चियापान, खिर र खानाको समेत ब्यवस्था गरेको थियो ।

उक्त कार्यक्रममा उपस्तिथ  धनगढी वासी सम्पुर्ण लाई समाजका अध्यक्ष, समाजसेवी, माया प्रकाश भट्टले हार्दिक धन्याबाद समेत दिनु भएकोछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार