के तपाई अस्ट्रेलिया जाने योजनामा हुनुहुन्छ ? यसरी रद्ध भैरहेको छ भिसा प्रकृया !

काठमाडौ : उच्च शिक्षा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ब्यवस्थित र ब्यवहारिक बनाउने उद्देश्यले अस्ट्रेलियाले कोरोनापछि बिभिन्न नयाँ नियम सार्वजनिक गरिरहेको छ ।

अस्ट्रेलियाले आफ्नो शैक्षिक नीतिमा कडाई गरेसँगै यसको असर अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीमा समेत देखिएको छ । सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ । 

Dengue

उच्च शिक्षा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ब्यवस्थित र ब्यवहारिक बनाउने उद्देश्यले अस्ट्रेलियाले कोरोनापछि बिभिन्न नयाँ नियम सार्वजनिक गरिरहेको छ ।

समग्र विद्यार्थीको संख्या कम गर्ने मात्र नभएर विद्यार्थी भिसा आवेदन शुल्कमा बृद्धि गर्ने, दिइरहेको सुविधामा कटौती गर्ने लगायतका बिभिन्न नियम सरकारले केही पहिले नै घोषणा गरिसकेको छ । जसको असर अस्ट्रेलियाली अन्तर्रास्ट्रिय विद्यार्थी संख्याको तेस्रो स्थानमा रहेका नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष परेको छ ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अहिलेपनि करिब ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका छन् । तर यो संख्या वार्षिक रुपमा भने घट्दै जान थालेको छ । शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष नेपालबाट समग्रमा करिब २३ हजारले अध्ययनका लागि विद्यार्थी भिसा पाएकोमा यसवर्ष यो संख्या घटेर ११ हजारमा झरेको छ ।

तथ्यांक अनुसार गतवर्ष करिब १७ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा पाएकोमा यो संख्या घटेर यसवर्ष ८ हजारमा झरेको छ भने प्राविधिक शिक्षा (भेट) अध्ययनका लागि आउने विद्यार्थी संख्या गत वर्ष १ हजार ५६ रहेकोमा यसवर्ष जम्मा २६ जनालाई मात्र भिसा दिइएको छ । अस्ट्रेलियाले अध्ययनका लागि आउने बिदेशी विद्यार्थीलाई प्राविधि शिक्षाभन्दा पनि यहाँको जनशक्तिलाई आवश्यक उच्चशिक्षा अध्ययनका लागि प्रोत्साहित गर्ने गरेको छ ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीका श्रीमती वा श्रीमानलाई दिने भिसामा भने खासै कमी आएको छैन । तथ्यांक अनुसार गतवर्ष ४ हजार ५ सयले यस्तो भिसा पाएकोमा यसवर्ष ३ हजार २ सय ३० ले यो भिसा पाएका छन् ।

भिसा अस्वीकृत हुने क्रम बढेपछि नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि दिने आवेदनमा समेत ब्यापक कमी आएको देखिएको छ । गतवर्ष करिब २५ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा आवेदन दिएकोमा यो संख्या घटेर १५ हजारमा झरेको छ । गतवर्ष प्राविधिक शिक्षा अध्ययनका लागि करिब ४ हजार नेपाली विद्यार्थीले आवेदन दिएकोमा यो संख्या यसवर्ष जम्मा २ सय ५४ मात्र रहेको छ ।

विगत एक दशकदेखि माइग्रेसन तथा विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका रुपक बर्तौलाका अनुसार अस्ट्रेलियाको अध्यागमन नियममा कडाई भएसँगै नेपाली विद्यार्थीको संख्यामा प्रत्यक्ष असर देखिएको हो । उनी पछिल्लो समयमा नेपाली विद्यार्थीको भिसा आवेदन अस्वीकृत हुने दर बढ्न थालेपछि नेपाली बिद्यर्थीले अस्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने क्रममा कमी आएको सुनाउँछन् ।

‘विद्यार्थीहरु अस्ट्रेलियाको भिसा अस्वीकृत हुन थालेपछि बिकल्पका रुपमा अन्य देश रोज्न थालेका छन् भने विद्यार्थी परामर्शदाता तथा माइग्रेसन एजेन्टले समेत अस्ट्रेलियालाई उच्च प्राथमिकतामा राखेर सुभाव दिन छाडेका छन्,’ उनले कान्तिपुरसँग भने ।

उनी सरकारले परिवर्तन गरिरहेको नियम यहाँको परिवेश र परिस्थितीसँग अनुकुल रहेको भएपनि यसको प्रत्यक्ष असर भने अध्ययनका लागि अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थी लगायतका अन्तरास्ट्रिय विद्यार्थीलाई परेको उनको भनाई छ ।

अस्ट्रेलियामा विद्यार्थी भिसा आवेदनका लागि करिब २–३ लाखसम्म लगानी लाग्ने र भिसा आवेदन अस्वीकृत भएपछि लगानी गुम्ने कारणले समेत आवेदन दरमा कमी आएको यस क्षेत्रका ब्यवसायीको भनाई छ । अहिले अस्ट्रेलियामा अध्ययनका लागि भिसा आवेदन शुल्कमात्र १ हजार ६ सय डलर (करिब १ लाख ४५ हजार रुपैया) तोकिएको छ ।

जुन केही साताअघिमात्र ७ सय १० डलरबाट बढाइएको हो । अस्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि आउने विद्यार्थीले एक सेमेस्टर (६ महिनाको) कम्तिमा १४ लाखदेखि १८ लाखसम्म शुल्क तिर्नुपर्छ । झन पछिल्लो समयमा देखिएको घरभाडा तथा रोजगारीको समस्याका कारण सहजै बस्ने र जागिरको ब्यवस्था नहुनाले धेरै नेपाली विद्यार्थी समस्या परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार