ब्राजिलमा विमान दुघर्टना हुँदा ६१ जना को मृत्यु

धनगढी : ब्राजिलको साओ पाउलोमा विमान दुघर्टना भएको छ। उक्त विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य सवार रहेका थिए।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्। दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

SHIKHAR COOL TECH

उक्त दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्। विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले दुर्घटनाको खबर सुनेपछि एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,’धेरै दुखद घटना भयो। पीडित परिवारप्रति मेरो गहिरो समवेदना।’ विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार