काठमाडौँ । नाग पञ्चमीको दिन मनाइने थारु समुदायको गुरही पर्व (गुरिया) भव्यताका साथ औपचारिक रुपमै मनाइएको छ । धनगढीमा एक विशाल कार्यक्रमको आयोजना गर्दै गुरही पर्व मनाइएको हो ।
धनगढी–८ क्याम्पसचोकमा आयोजना गरिएको ‘गुरही असरैना कार्यक्रम २०८१’ मा थारु पहिरनमा सजिएका महिला तथा पुरुषहरुले थारु संस्कृतिसँग सम्बन्धित झाँकी तथा विभिन्न नाच प्रर्दशन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना लगायतको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्