पोर्चुगलका फुटबल खेलाडी पेलेले गरे ४१ वर्षको उमेरमा सन्नयास घोषणा

धनगढी : पोर्चुगलका फुटबल खेलाडी पेपेले ४१ वर्षको उमेरमा सन्नयासको घोषणा गरेका छन् । पेपेले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन् । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई सय ११ र जोआओ माउटिन्होले एक सय ४६ खेल खेलेका छन् । सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १-० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो ।

Dengue

यो प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए । रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मी पेपेलाई एक्समा बधाई दिएका छन् । आफ्नो क्लब क्यारियरमा पेपेले २००७–१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते । उनको अन्तिम क्लब पोर्टो थियो, जुनमा उनी २०१९ मा आबद्ध भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार