धनगढीबाट १५ तोला सुन र ६० तोला चाँदी गहना चोरी गर्ने गिरी पक्राउ

धनगढी : कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँडीका गहना चोरी भएका हुन्।

शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए। उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ। कैलाली प्रहरीले बिहिवार राति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार