डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी : डडेल्धुरामा जीप दुर्घटनामा परेकामध्ये एक जनाको मृत्यु भएको छ।

सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ पीपल चौतारा नजिकै नालीमा खसेर आज दुर्घटना भएको थियो।

Seti Hospital

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा छ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए।

अर्की घाइते रहेकी गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्टलाई थप उपचारका लागि धनगढी पठाइएको थापाले बताए। बाँकी सामान्य घाइते भएका छन्। जीपमा चालकसहित आठ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार