समाजका सामन्ती सर्पहरुको अन्त्य होस् !

दशरथ भट्ट

म सानै थिए मेरा बुबाले भन्नुहुन्थ्यो यो समाजमा धेरै किसिमका विषालु सर्पहरू छन्। ती विषालु सर्पहरूसँग जुध्न नजानु, मिलेर बस्नु र तिनले भनेको मान्नु त्यतिबेला म सानै थिए। राम्रोसँग कुराकानी बुझ्न जान्दैनथे म बुबाले जे भने पनि बुबाको कुरा काट्दैनथे बुबाले जे सम्झायो त्यही मान्थे र बुबाले भन्नुहुन्थ्यो आहा मेरो छोरो कति ज्ञानी र बचनको पक्का छ !

बुबाको जीवन गाउँ समाजका बिषालु सर्प सामन्तिहरुकै डरै डरमा बित्यो त्यसैमाथी बुबा औषधि खाइरहन्थे एकदिन मसँग गाउँ समाजकै कुराकानी गर्दागर्दै यो संसार छोडेर गए!

Dengue

त्यसपछिका दिनहरू मैले बुबाका कुराहरुलाई नै सोचेर सम्झेर आजसम्म यो समाजमा जसले जस्तासुकै काम गरिराखेको भए पनि चुप्प लागेर बसे! तर आज म बुबा तपाईंले भनेको कुरालाई काट्न बाध्य छु बुबा तपाईं जुन लोकमा भएपनि मलाई माफ गरिदिनु है तपाईंको वचनलाई उतिबेला हुन्छ भनेर आज म तपाईंको कुरा काटिरहेको छु!

आज म ती विषालु सर्पहरूलाई भ्यागुतामा रूपान्तरण गर्न अघि बढिरहेको छु। समाजलाई परिवर्तन गर्नु छ बुबा तपाईं जस्तो सोझो र एकदमै सहनशील आफुमाथी कसैले दमन शोषण गरिएको भए पनि चुप लागेर बस्ने मेरो स्वभाव छैन् यदि गलत गर्न दिने हो र गलतको विरोध गर्ने छैनौं भने हाम्रो जीवन पनि तपाईँको जस्तै दुखमा जानेछ र यी विषालु सामन्ती सर्पहरुसँग डडेरै बस्ने हो भने यो समाजमा मात्रै नभएर पुरै राष्ट्रमा आफ्नो विष फैलाउँदै जानेछन्!

समाजका सोझा साझा मानिसहरूलाई हेपिरहने गरी खानेलाई खान नदिने सामन्ती शोषकहरु जतिबेला पनि आफ्नै जित राख्ने आफैं खाउँ आफैं लाउँ गरिरहने राक्षसहरूसँग समाजमा बस्नुहुन्छ भने डरेर होइन लडेर अघि बढ्नुपर्छ !

यो समाजमा केही गरेर देखाउनेछु दुखी बनेर हैन दुखी बनाउनेलाई तह लाएर अघि बढ्ने छु कसैलाई पनि दुःख दिने काम गर्ने छैन यदि कसैले कसैलाई दुःख दिने काम गरिरहेको छ भने म त्यस्ता व्यक्तिहरूलाई छोड्ने छैन। बुबा मलाई मात्रै आशीर्वाद दिनुहोस्!

पारस भट्ट प्यासी – सुदुरपश्चिम बैतडी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार