मासु र खाना खाँदा घाँटीमा हड्डी अडकिएर ५९ वर्षीय रानामगरको मृत्यु

काठमाडौँ : घाँटीमा हड्डी अडकिएर उपचारका लागि भरतपुरको सरकारी अस्पतालमा भर्ना भएका ५९ वर्षीय छामबहादुर रानामगरको बुधबार मृत्यु भएको छ। तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका–१ गङ्गानगर आएका थिए।

बुधबार बिहान मासु र खाना खाँदा उनको घाँटीमा हड्डी अडकिएको थियो। भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार