नेप्से परिसूचकमा एक सय आठ अंकको वृद्धि

काठमाडौं : मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अंकले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।

आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता सेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Dengue

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बिमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बिमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको सेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा हिमालयन इन्स्याेरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार