श्रीलङ्कालाई हराउँदै इरान तेस्रो

काठमाण्डाै : श्रीलङ्कालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । इरानले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१७ ले हरायो ।

Dengue

काभा महिला भलिबलको उपाधिका लागि अहिले बेलुकी सवा ५ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार