डडेल्धुरामा प्रहरीमाथि जाइ लाग्ने दुईजना पक्राउ

भक्तराज जोशी

धनगढी : डडेल्धुरामा प्रहरीमाथि जाइ लाग्ने दुईजनालाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ।

सोमबार राति जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित सडकमै प्रहरीमाथि जाइ लागेका उनीहरूलाई प्रहरीले थुनेको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर बिरबहादुर थापाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा अमरगढी नगरपालिका-११ घर भएका करन बोहरा र डडेल्धुरा सदरमुकाममा बस्ने गौरव ऐर रहेका छन्।बोहरा अमरगढी नगरपालिका-११ का निर्वाचित वडा सदस्य हुन्।

Dengue

उनीहरूले बजारमै रहेको महेश्वरी होटल नजिक मदिरा सेवन गरेर लफडा गरेका थिए।प्रहरी स्रोतका अनुसार एक रात्रीकालिन बसमा तोडफोड र बस चालकमाथि कुटपिट गरेपछि बस चालकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजेपछि ड्युटीमा खटिएका ५/६ जना प्रहरीमाथि उनीहरूले हातपात गर्नुका साथै गालीगलाैज गरेका थिए।

अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार