सरकारी जग्गा अतिक्रमणमा तीन नेपालीसहित ४८ जना पक्राउ

काठमाडौं : मलेसियामा डुरियन (कटहर जस्तो एक फल ) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा तीन नेपालीसहित ४८ जना पक्राउ परेका छन् । उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको जनाइएको छ । 

मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार हुन् । 

Dengue

पाचाङ प्रहरी प्रमुख दातुक सेरी याहाया ओथम्यानका अनुसार पक्राउ पर्नेहरू २० देखि ६७ वर्ष उमेरका छन् । जसमा तीन नेपाली, १२ इन्डोनेसियाली, सात म्यान्मारका र दुई बंगलादेशी भएकोे जनाइएको छ । 
 
सो प्रकरण स्थानीय अदालतमा पनि गएको र अदालतले त्यस्तो अतिक्रमण रोक्न आदेश दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार