२५ दिनपछि सिंहदरबारमा प्रचण्ड, एकै लहरमा देखिए तीन नेता (फोटो फिचर)

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज तीन शीर्ष नेताहरूको भेट भयो ।

सरकार परिवर्तनपछि प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक सार्वजनिक ठाउँमा एकै पटक देखिएका हुन् ।

Dengue

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिको ड्राफ्ट बुझ्न तीन शीर्ष नेताहरू एक ठाउँमा भेला भएका हुन् ।

प्रचण्ड सत्ता गुमाएको २५ दिनपछि सिंहदरबार पुगेका हुन् । त्यस अवसरमा प्रचण्डले प्रधानमन्त्री ओली र सभापति देउवासँग हात मिलाएका थिए ।

प्रमुख तीन दलका शीर्ष नेताले सामूहिक रूपमा प्रतिवेदन ग्रहण गरेका छन् । गृहमन्त्री रमेश लेखक संयोजकत्वको कार्यदलले टीआरसी विधेयकमा सहमति गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार