कैलाली, कंञ्चनपुरमा आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला

धनगढी : कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् ।

धनगढी गाउँका स्थानीय रामरतोदेवी रानाका अनुसार तीजको दिन दिनभरि निराहार व्रत बसेर बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरुले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी ९मुरिया० काटेर नदीतिर लाग्ने गरेका छन् ।

Dengue

यस्तै, झुरकी ९कुसको गाँठो० बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको जनाइएको छ ।

सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारैधार टाढा जानू, हाम्रो दाजुभाई, भतिजाको उमेर बढाउनू” भन्ने गरेको रामरतोले बताए ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाईहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने चलन रहेको छ । यस्तै, व्रतालुहरु सामनको डोला खेलेर रमाउने गरेको जनाइएको छ ।

तीज रानाथारु समुदायका महिलाको विशेष र सामाजिक, सांस्कृतिक, भाषिक, ऐतिहासिक महत्व बोकेको विशिष्ट पर्व रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार