गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्यो !

काठमाडौँ : मंगलबार बिहानदेखिको अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । ना५४प १६५५ नम्बरको मोटरसाइकलमा पहिरो खस्दा चालक र पछाडि सवार यात्रु घाइते भएका प्रहरीले बताएको छ ।

चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको र पछाडि सवार ४६ वर्षीय मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार