बुुबा र आमाको सम्पत्ति विवादका कारण शवगृहबाट उठेन छोरीको लास

धनगढीः बुुबाआमाको सम्पत्ति विवादले गर्दा १३ वर्षीया एक बालिकाको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहबाट उठ्न सकेको छैन् ।

जन्डिसका कारण ज्यान गुमाएकी बालिकाको शव २ दिनदेखि उठेको छैन्। बैतडीको डिलासैनी गाउँपालिका–२ का लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेको मृतककी आमाको गुनासो छ।

SHIKHAR COOL TECH

उनकी आमा हजारी विष्ट घोडाघोडी नगरपालिका–८ मा बस्दै आएकी छन्।२०७७ सालमा श्रीमती हजारीसँग सम्बन्धविच्छद गरेका घरडीले मृतक छोरीको नामको अंश दिएपछि मात्र शव बुझ्ने अडान लिएका छन् तर बिष्टले छोरीको पालनपोषण आफैले गरेको भन्दै अंश नदिने बताएकी छन् ।मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन्। उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बालिका करिष्माको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो।

शव उठाउन जाहेरी आए आजै शव उठ्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतक बालिकाकी आमा विहान प्रहरी कार्यालयमा आएको र जाहेरी दिएपछि शव उठाउन कुनै समस्या नहुने प्रहरीले बताएको छ। बिष्ट अहिले दुई छोरीसहित माइतीघर घोडाघोडीमा बस्दै आएकी छन्। छोरालाई भने २०७७ सालमै घरडीले आफैसँग लगेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार