पत्रकार सटेन्द्र जवेगुसहित ६ जनालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ : इलाम, २३ साउन–इलामका पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सटेन्द्र सहित ६ जनालाई सम्मान गर्ने जनाएको छ । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ विजयरत्न तुलाधार र पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिने भएको छ ।

Dengue

फोनिज मातृभाषा पत्रकारिता सम्मान थारु भाषाको पत्रिका लौव अग्रासनलाई दिइने भएको छ । सटेन्द्रसंगै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विष्णु तामाङ र खिमा गुरुङलाई प्रदान गरिने फोनिका कार्यबाहक महासचिव समिर बलामीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । फोनिजले स्थापना दिवसका अवसरमा यी पुरस्कारहरु प्रदान गर्दै आएको छ।

यहि साउन २७ गते स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । फोनिजले यो स्थापनाको २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा रजत बर्ष पनि मनाउँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार