बझाङकी कौशिल्लाको विश्वास “बाख्रा पालेर नै छोरालाई ठुलो मान्छे बनाउने धोको”

बझाङ : बझाङ्को वुगल नगरपालिका वडा नं–९ की ३५ वर्षिय कैशिल्ला देवी कामी एक निम्न वर्गीय एकल दलित महिला हुन् । उनको श्रीमानको आठ वर्ष पहिले घर खर्च चलाउन रोजगारीको लागी भारत गएको वेला प्राणघातक रोगका कारण उपचार गर्न नसकी भारतमै अकालमै ज्यान गुमाउनु प¥योे ।
श्रीमानको मृत्य भएपछि छोरा को लालन पालन र घरको जिम्वेवारीे मेरो काँधमा आयो, (मु क्या अरु) अर्थात म के गरौ हजुर म भागेर अन्त कतै जाँउ घरमा कलीला उमेरका साना छोराहरु छन, छोराहरुको मायाले घर बसौ, न मेरा वस्नका लागीे घर छ, नत कमाई गरी खानका लागी जग्गा जमिन (छ्यो ) अर्थात थियो न मेरा हातमा कही कमाई गरी खाउ भने सिप नै छ्यो छोराका मायाले चार पाँच वर्ष सम्म नहुदा दुख पाईयो, हुदा त अहिले पनी दुख नै छन, मुईले त अरुकै घरमा मागी खाँया जाँ काम ग¥यो त्यही छोरालाई लिएर गए, मैले जस्को घरमा काम गरे उसैका घरका गोठ अर्थात(गाईभैसी राख्ने ठाँउ) कहिले बाख्री गोठ सुते जस्को घरमा काम गरे उसैको घरमा खाना र पुराना लुगा कपडा मागेरै काम चलाए, गाँउघरमा सहर बजारका जस्तो काम पनी पाईदैन, काम पाईहाले पनी हामी महिलाहरुलाई दिनको ज्याला ४÷५ सय भन्दा वढी नदिने चलन छैन पहिले अरुकै घरका गोठहरुमा वसेर अरुकै घरमा काम गरेर चार पाँच वर्ष जिवन गुजरा गरे हजुर,अहिले ति पुराना दिन सम्झे अहिले पनी रुने मन लाग्छ, अहिले जसरी भएपनी आप्नो गुजरा चलेकै छ ।


कैशिल्लाले भनिन् सम्झदै भनिन् तिन चार वर्ष पहिला गाँउमा एक दिन चैनपुर वाट युएमएन र दलित सहयोग समाजका सरहरु गाँउमा आउनु भएको रहेछ सरले गाँउमा भए जतिका सवै महिलाहरुलाई भेला हुन बोलाउनुभएको थियो, त्यो वैठकमा म पनी गए सरले तपाईको पालिकामा समान व्यावाहार परियोजना लागु भएको छ समुह गठन गर्नुपर्ने र समुहमा भएका गरिव, असाहृय, दलित, समुदाएका मान्छेलाई सहयोग गर्ने भनेपछी मलाई समुहमा बस्ने इच्छा लाग्यो सरकै हाग्रहमा हामिले ग्रामिण महिला समुह गठन ग¥यौ, म सदस्य वन्ने, मासिक रुपमा वैठक वस्न थाल्यौ वैठकमा सस्थाका सर म्यामहरुले गाँउमा कसरी जिविकोपार्जन गर्ने लैँगिक हिङ्सा भनेको केहो ? जिविकोपार्जनका आधारहरु के के हुन भने सिकाउनुभयोे वैठकवाट धेरै कुरा सिक्ने अवसर मिल्यो ।

Seti Hospital


नियमित रुपमा वैठकमा जान थालेपछी बोल्ने विकास भयो भयो,गाउँघरमा नै केही आयआर्जन गर्न सकिने भन्ने आशा पलायो, म दलित महिला एकल महिला भएका कारण जिविकोपार्जनका लागी मलाई समुहवाट मेरो नाम छनोट भएपछी बाख्रापालनको लागी निवेदन दिए, वाख्रापालन कसरी गर्ने भन्ने वारेमा तालिममा केही कुरा सिक्यौ तालिम सिकिसके पछि सस्थावाट करीव चालिस हजार वरावरका ४ ओटा वाख्रा पाए वाख्रा पाएँपछी खुशी लाग्यो र वाख्रालाई निरन्तर रुपमा पाल्दै गएँपछी चार वाट दस जति भए सस्थाले बाख्रा दिएपछी चार वर्ष भित्र दुईलाख भन्दा वढीका खसी बोका पाठा पाठी वचे त्यहीवाट जम्मा भएको रकमले गाँउमा साहुकै जग्गा मागेर भएपनी आफु वस्ने घर बनाए अहिले आप्नो घरमा वस्न पाएको छु, छोराहरु पनी अहिले स्कुल जाने भएका छन, घरको नुन तेल कापिकलम यसैवाट चलाउने गरेको छु।


समुहका दिदिवहिनीहरु र सस्थाले मलाई इमान्दार र मेहनती सम्झेर घरमा सौर्य उर्जा सोलार सेट दिएको जोडी दिएका छन,एक छोरो अहिले १० वर्ष जती भयो अको छोरो नौ वर्षको पुग्योे दुवै जना छोरा गाँउकै स्कुलमा जाने गरेका छन, समुहका दिदिवहिनी र सँघ सस्था वा कुनै व्याक्तिले छोराको थप पढाईका सहयो गरे ठुलो मान्छे बनाउने धोको छ,
कसैले आर्थिक सहयोग गरे बाख्रापालनलाई निरन्तरता दिई वाख्रा पालन गरेर नै छोराहरुलाई राम्रो शिक्षा दिलाउँन सक्छु भन्ने आशा जगाएको छ म जस्ता निम्न आयश्रोत दलित एकल महिलालाई जिवन जिउन र आयस्तर बृद्धि गर्नमा सहयोग गरेकोमा युनाईटेड मिसन टू नेपाल र दलित सहयोग समाज प्रती सधै आभारी र आफु जस्ता एकल महिला निम्न वर्गका महिलाहरुलाई जिवन जिउने कला सिकाउने सस्था र समुहका दिदिवहिनीहरुलाई आग्रह गरिन ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार