सुदूरपश्चिम प्रदेश सरकारले दैनिक ४० लाख रुपैयाँ राजस्व गुमाउँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दैनिक ४० लाख रुपैयाँ राजस्व गुमाउँदै आएको छ।

तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट पास नहुँदा दैनिक ४० लाख रुपैयाँ राजस्व गुम्दै आएको छ। चालु आर्थिक वर्षको बजेट साउन १ गतेदेखि नै कार्यान्वयनमा आउनुपर्नेमा बजेट नै पास नभएपछि प्रदेश सरकारको आम्दानी र खर्चको सबै ढोका बन्द हुन पुगेको छ।

Seti Hospital

तर हालै मात्र नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार  सरकारलाई पूर्णता दिँदै बजेट भ्याकुमको अवस्था अन्त्य गर्ने दाबी गरेका छन्। नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको बताए। त्यसका लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन समेत अन्त्य गर्न लागिएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार