डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गयो,सुदूरपश्चिममा मात्रै २४२ जनामा डेंगु भएको पुष्टि

काठमाडौँ :  डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिए। उनका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।

इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगु पुष्टि भएको छ ।

Dengue

त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए । जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २८७,कास्कीमा १३७, झापामा १३३,चितवनमा११६,तनहुँमा११० जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरू दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्त हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा। दाहालको सुझाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार