दिपायल : गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशभरीमै ११ औं बनेको छ। विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९६.४३ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिमका ९ जिल्लामध्ये पहिलो र देशरभरीमा ११ औं सर्वोत्कृष्ट बन्न सफल भएको हो।
डोटी जिल्ला प्रशासन देशभरमै १५ औं स्थानमा रहेको छ । कार्य सम्पादनमा ९५.६८ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशमा दोस्रो नम्बरमा रहेको छ भने दशेभरमै १५ औं स्थानमा रहेको छ ।
यस वर्ष जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामध्ये रुपन्देही प्रथम भएको हो ।
गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०–०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो ।
त्यसैगरी ९७.७५ अङ्क ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७.६२ अङ्क प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५० ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७ अङ्क ल्याएका छन् ।
पहिलो अङ्क प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण जस्ता काम जस्ता राम्रा काम गरेका छन्।
केही समय अगाडि साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए । आर्यालको उक्त कार्यलाई सबैले प्रशंसा गरेका थिए।
प्रतिक्रिया दनुहोस्