काभा महिला भलिबल : फाइनल भिडन्त नेपाल र भारत बिच आज ५ बजे हुँदै 

काठमाडौं :  काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

Dengue

नेपालले सेमिफाइनलमा इरानलाई २५-२१, २८-२६ र २५-२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५-१७ ले पाखा लगाएको थियो। चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५-१५, २५-१६, २५-२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार