सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ  बैठकआज बस्दै

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ  बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन । साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । तर, विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल भने हुन सकेको छैन ।

Dengue

यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश सभाबाट बजेट पारीत हुने अवस्था नभएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका थिए । अध्यादेशबाट बजेट ल्याउन रोक्न नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले विशेष अधिवेशन माग गरेका थिए ।

विशेष अधिवेशन बोलाइएपछि बजेट भने अध्यादेशबाटै ल्याउने तयारी गरिएको छ । नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेश मार्फत बजेट ल्याउने तयारी थालेको जानकारी दिए । त्यसको लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन समेत अन्त्य गर्न लागिएको मन्त्री थापाले बताए ।

उनले भने, ‘२÷३ दिनभित्रै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुन्छ । मैले पदभार ग्रहण गर्ने क्रममा पनि आफ्नो पहिलो निर्णय नै अहिले बजेट शून्यताको अवस्था अन्त्य गर्ने निर्णय गरेको छु । जसको लागि हामी लागेका छाँै । विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउँछौ ।’ निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १ गते प्रस्तुत आव ०८१/०८२ को बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका थिए । तर निवर्तमान मुख्यमन्त्री सोडारीको कदमलाई असफल पारेका हालका मुख्यमन्त्री शाहले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.

Save my name, email, and website in this browser for the next time I comment.

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार