उपमहानगर विरुद्ध शिक्षक वडले सर्वोच्चमा दिएका तीन मुद्धा खारेज

धनगढी: धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका तीन वटा रिट बदर भएका छन्। आफ्नो सरुवा शिक्षा ऐन २०२८ को व्यवस्था विपरीत गरिएको भन्दै निम्न माध्यमिक तहका गणित शिक्षक नरेन्द्रबहादुर वडले सर्वोच्च अदालतमा तीन वटा रिट हालेका थिए।सर्वोच्च अदालतको साउन १७ गतेको इजलासबाट शिक्षक वडले दिएको रिट खारेज भएका छन्।


धनगढी उपमहानगरपालिकाको शिक्षा समितिले २०८१ बैशाख २ गते शिक्षक सरुवा गरेको थियो। शिक्षक सरुवा गर्दा धनगढी नमुना प्राविधिक विद्यालयका निम्न माध्यमिक तहका गणित शिक्षक नरेन्द्रबहादुर वडलाई वडा नम्बर १० को जनकल्याण माध्यमिक विद्यालय जुगेडा सरुवा गरिएको थियो। उक्त सरुवा शिक्षा ऐन, २०२८ को प्रावधान विपरीत गरिएको भन्दै सरुवाको निर्णय बदरको माग गर्दै शिक्षक वडले सर्वोच्चमा रिट दायर गरेका थिए।

Dengue


तर, उपमहानगरपालिकाले नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था अनुसार नगर शिक्षा ऐन र शिक्षक व्यवस्थापन कार्यविधिको अधिनमा शिक्षक सरुवा गरिएकाले सर्वोच्च अदालतले शिक्षक वडको रिट बदर गरेको उपमहानगरका कानूनी सल्लाहकार अधिवक्ता वीरबहादुर जेठाराले बताए।


बैशाख २ मा गरिएको शिक्षक सरुवाको निर्णय विरुद्ध शिक्षक वड अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले निवेदक वडको माग बमोजिम नहुने भन्दै रिट खारेज गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। वडले दर्ता गरेका तीन वटै रिट खारेज भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार