गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

धनगढी : गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम बिकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।

Dengue

मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिए ।

पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना बिक घाइते भएका हुन् । उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार