उपत्यकाका खोला किनारका बस्तीमा बाढी उर्लिँदा…

काठमाडौँ : अविरल वर्षाका कारण बागमती, विष्णुमती र मनोहरामा ठूलो बाढी आएपछि काठमाडौं उपत्यकाको खोला किनारका बस्ती डुबानमा परेका छन्।

बागमती र विष्णुमतीमा बिहानैदेखि बहाव बढेर बस्तीमा बाढी पसेपछि किनार र आसपासका बासिन्दाले घर छाडेका थिए।बागमती र मनोहरामा आएको बाढीले ललितपुरको च्यासल र सानेपा तथा काठमाडौंको थापाथली, टेकु, बल्खु क्षेत्रलाई प्रभावित पारेको छ। बाढी बल्खु तरकारी बजारमा पनि पसेको छ।

Dengue

बाढीले खोला किनार जलमग्न हुँदा जनजीवन र करिडोर सडकको आवागमन पनि प्रभावित भएको छ। यसअघि पनि साउन १६ गते बाढी आउँदा नदी किनारका बसोबासी र सर्वसाधारणले सास्ती भोगेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार