आज मगंलबार १४५ अंकले घट्यो नेप्से

काठमाडौँ : केही समययता उच्च अंकले बढिरहेको सेयर बजार आज मंगलबार भने उच्च अंकले नै ओरालो लागेको छ। आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको छ। यो गिरावट ५.१८ प्रतिशत हो।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

Galaxy

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज ८ वटाको मात्र सेयर मूल्य बढेको छ। २३३ वटाको सेयर मूल्य घट्यो भने एउटाको स्थिर रह्यो । आज कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भयो।

आज सबैभन्दा धेरै कमाउनेमा थ्रीस्टार हाइड्रो, कुथेली बुखरी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मेगा म्युचुअल फण्ड र रुरु जलविद्युतका लगानीकर्ता छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार