बागलुङमा पहिरोले पुरिएर एक बालकको मृत्यु

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका-९ नयाँबस्तीमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ। वर्षासँगै मंगलबार दिउँसो घरमाथिबाट आएको पहिरोमा पुरिएर १४ वर्षीय विधान परियारको मृत्यु भएको वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए।

उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै छ। सोमबार रातिदेखि बागलुङमा अविरल वर्षा भएको छ। वर्षासँगै सोमबार राति पहिरो जाँदा वडा नम्बर ९ मा २ भन्दा बढी घरहरू बगाएको र उद्धारमा कठिन भइरहेको वडाध्यक्ष केसीले बताए। 

बडिगाड गाउँपालिकाकै वडा नम्बर १० दर्लिङमा पहिरोले तीन घर पुरेको छ। वडाध्यक्ष विरेन्द्र बुढाका अनुसार क्वाल्जिङमा लालबहादुर परियारको घर बगाएको र परियारलाई घाइते अवस्थामा उद्धार गरिएको छ। भौगोलिक रूपमा निकै विकट भएकोले उद्धारमा कठिन भएको र इलाका प्रहरी कार्यालय भिमगिठे तथा बुर्तिवाङको टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार