भारी वर्षाका कारण त्रिभुवन विमानस्थलमा उडान सेवा प्रभावित

काठमाडौँ : रातीदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । अधिक वर्षाका कारण भिजिविलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो ।

सोमबार रातीदेखिको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या देखिएको त्रिभुवन विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केही जाहाजलाई डाइभर्ट गरिएको छ । विमानस्थलबाट बिहानै उड्नु पर्ने जहाज पनि उड्न सकेका छैनन् ।

Dengue

खराब मौसमका कारण स्तानाबुलबाट काठमाडौँ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार