सरकारले सम्मान गर्दै : आफ्नो ज्यान दिएर ३० यात्रुलाई बचाउने ‘हिरो’ ड्राइभर

काठमाडाैं : गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा दुर्घटना भएका थिए । सिमलतालमा लेदोमाटोसहितको पहिरोले ६० जनाभन्दा धेरै यात्रुसहित दुईवटा बस बगाएकाे थियाे भने १७ किलो भन्ने ठाउँमा खसेको अर्को पहिरोले चाहिँ बस चालकको ज्यान गएकाे थियाे । त्याे दुर्घटनामा ३० जनाभन्दा धेरै यात्रुको ज्यान जोगिएकाे थियाे । आफू मरेर पनि यात्रुको ज्यान जोगाउने चालक थिए, नवलपरासी सुनवल-४ का ३६ वर्षीय मेघनाथ विक ।

बुटवलबाट यात्रु लिएर काठमाडाैंतर्फ गुड्दै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलो भन्ने ठाउँमा सडक माथिबाट लेदोमाटो झरिरहेको थियो । लेदोमाटो खसेको देखेपछि चालक विकले बसको गति केही कम गरे । त्यहीबेला एक्कासी माथिबाट खसेको ढुंगा चालक विकको टाउकोमा लाग्यो ।

Dengue

बसमा रहेका यात्रुका अनुसार ढुंगाले लाग्दासमेत चालक विकले बस चलाइरहे र झन्डै ५० मिटरजति पर लगेर ब्रेक लगाए । टाउकोमा ढुंगाले लाग्दासमेत उनले बस रोक्न भ्याए । त्यसपछि उनको टाउकोबाट धेरै रगत बग्न थाल्यो ।

यात्रुले प्रहरीलाई खबर गरे । प्रहरी आएर तुरुन्त एम्बुलेन्स बोलाए र उपचारका लागि विकलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा पुर्‍याइयो । ढुंगाले लागेर गम्भीर घाइते भएको विकको उपचारकै क्रममा ज्यान गयो ।

उनै बस चालक विकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । आफ्नो ज्यान दिएर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । राहत र  सम्मानबारे पूर्णरूपमा खुलाइएकाे छैन । तर,  ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको बताइएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार