काभा महिला भलिबल : सेमिफाइनलमा आज इरानको सामना गर्दै नेपाल

काठमाण्डौ : काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् ।

त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ । समूह चरणको खेलमा भारत १० अङ्कसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

Dengue

त्यस्तै इरान ७ अङ्कसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलङ्का ४ अङ्कसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ। त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार