बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडी : बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका सुर्नया गाउँपालिका–४ नोडालेकका अन्दाजी २१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए ।

भारतको पानीपथमा काम गर्दै आएका महराको आइतबार राति मृत्यु भएको र सोमबार घरपरिवारलाई खबर आएको उनले बताए । उनको शव रेलको लिकमा फेला परेको थियो ।

Dengue

मृतक महराका बुवा रोजगारीको सिलसिलामा पहिला नै भारतबाट बेपत्ता भएका थिए । घरमा एक्ली आमा र मानसिक समस्या भएका दाजुमात्रै रहेका स्थानीय केशव भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार