चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

दार्चुला : दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–४ तिङकरखेडामा गएराति चक्कु प्रहारबाट २४ वर्षीय सरोजसिह धामी गम्भीर घाइते भएका हुन।

पेटमा चक्कु प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिए। उनलाई उपचारको लागि दार्चुलाबाट डडेलधुरा रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले घटनापछि धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा धामीले चक्कु आफैंले प्रहार गरेको खुलेपछि पक्राउ परेकाहरु सँग सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार