धनगढी : धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।
जमिन कटान गर्दै मोहना नदी पिल्लर नजिक पुगेपछि जोखिम बढेको हो । कटानको उच्च जोखिममा परेको सहायक पिल्लरलाई बोराको अस्थायी तटबन्ध बनाएर मुस्किलले जोगाएको सशस्त्र प्रहरी उपरीक्षक बलबहादुर पाण्डेयले बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिलेर कटानको जोखिममा रहेको पिल्लर वरिपरि बोरा हालेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्