महिला भलिबल लिगमा श्रीलङ्कालाई हराउँदै भारत समूह विजेता

काठमाण्डाै : काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले हरायो । यो जीतसँगै भारतले ४ खेलमा १० अङ्क जोडेको छ । श्रीलङ्का ४ अङ्कसहित चौथो स्थानमा छ ।

Dengue

प्रतियोगितामा आजै समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्दैछन् । यो खेल अहिले दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाल ३ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अङ्कविहीन हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पाँच वटा देश सहभागी प्रतियोगितामा इरान ४ खेलमा ७ अङ्कसहित दोस्रो स्थानमा छ ।

लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार