देशभर दुर्घटनामा परेर १० वर्षमा २४ हजारको मृत्यु

काठमाण्डौं : नेपालमा सडक दुर्घटनामा परेर १० वर्षको अवधिमा २४ हजारको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार विगत १० वर्षमा नेपालमा विभिन्न खाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् ।

एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ ।

Dengue

विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएका छन् । सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष ( २०८०/८१) मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ ।

सडक दुर्घटनामा गम्भीर घाइते हुनेको सङ्ख्या पनि अत्यधिक हुने गर्छ । विगत १० वर्षमा ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार