स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित

बाजुरा : बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित छन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिकालगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला भएको छ ।

मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ टिपेर बिक्री गर्न बजारमा लैजान समस्या भएको छ । “बारीमा स्याउ टिप्ने बेला भयो । उता सडक भने अवरुद्ध छ,” स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले गुनासो गरे ।

Dengue

अवरुद्ध सडक अहिलेसम्म सञ्चालनमा आएको छैन । यसरी लामो समयसम्म सडक सञ्चालनमा नआएपछि स्याउ बजारमा कसरी लैजाने भन्ने मनमा चिन्ता परेको उनको भनाइ छ । गत वर्षमा निर्माण हुन थालेको शीतभण्डार अहिलेसम्म सञ्चालनमा आएको छैन । शीतभण्डार सञ्चालनमा नआउँदा स्याउ लामो समय स्टोरमा राख्न नसकिने रावलले बताए ।

अविरल वर्षाका कारण बडीमालिका नगरपालिकाको जिल्लीमा गएको पहिरोका कारण मार्तडी–कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताए ।

अबको केही दिनपछि सडक सञ्चालन गर्ने गरी सडक मर्मतको काम सुरु गर्ने तयारी भइरहेको प्रमखु बोगटीले जानकरी दिए । पछिल्लो समय बाजुरामा स्याउ उत्पादनमा वृद्धि भइरहेको छ । गाल्भा, फुजी, गोल्डेनलगायतका स्याउको उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रले स्याउ ढुवानी अनुदानको व्यवस्था गरेको छ । यहाँको अर्गानिक स्याउ बिक्रीका लागि बारीबाट भरिया तथा खच्चडले पिलिचौर र पिलिचौरदेखि ट्याक्टर तथा ट्रकमार्फत धनगढी, नेपालगन्ज हुँदै काडमाडौँ लैजाने गरिएको छ ।

यो वर्ष भने बजेट अभावका कारण त्यो व्यवस्था गर्न नसकिने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताए । गत वर्ष विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि ढुवानी अनुदानमा सहगोग गरेका थिए । यो वर्ष ढुवानी अनुदानमा सहयोग गर्नका लागि कुनै संस्थाले सम्पर्क नगरेको उपाध्यायले बताउनुभयो । ३७० हेक्टर जमिनमा स्याउ उत्पादन हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार